पाटन अस्पतालमा कोरोना आशंका गरिएका युवकको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ। धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो। 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएको बताए। सोमबार नैआइसुलेसन भर्ना भएको उनले जानकारी दिइन्।  

यता अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए। 

उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट आइसकेको उनको भनाइ छ।

ती पुरुषमा ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंका गरिएको निर्देशक शर्माले बताए। 

उनका अनुसार पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन्।
 

प्रकाशित मिति: : 2020-03-30 13:50:26

प्रतिकृया दिनुहोस्