कोरोनाका कारण इटलीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ। आइतबार बिहानसम्म ३० हजार आठ सय ५१ जनाको ज्यान गएको छ । 

भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६२ हजार ९ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  अमेरिकामा संक्रमितको संख्या सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार चार सय २८ पुगेको छ । 

अमेरिकापछि इटलीमा संक्रमितको संख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना संक्रमित भएका छन् । 

कोरोनाबाट ज्यान गुमाउनको संख्यामा इटली सबैभन्दा अघि छ। इटलीमा १० हजार २३ जनाको ज्यान गइसकेको छ । इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ । 

त्यस्तै विश्वभरि भाइरस संक्रमितमध्ये एक लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा ७५ हजार चार सय ४८ जना, इटलीमा १२ हजार तीन सय ८४ र स्पेनमा १२ हजार दुई सय ८५ जना निको भएका छन् ।  

प्रकाशित मिति: : 2020-03-29 20:02:34

प्रतिकृया दिनुहोस्