सर्वोत्तम अमेरिकी आमा

तस्वीर:शाेभा मानन्धर

के तपाईं मिरियम क्रान्ट्सलाई चिन्नुहुन्छ? सायद चिन्नुहुन्न! धेरै नेपालीले उनको नामै सुनेका छैनन्।

के तपाईंलाई सर्वोत्तम पिठोबारे पनि थाहा छैन? पक्कै थाहा होला ! सन् १९७० को दशकयता जन्मेका प्रायः धेरै नेपाली सर्वोत्तम पिठो खाएरै हुर्केका छन्।

भुटेको भटमास, मकै र गहुँलाई मसिनो गरी पिसेर बनाइएको यो पौष्टिक पिठोको लिटो सानो छँदा नखाने–नचाख्ने नेपाली को होला र! यही सर्वोत्तम पिठोकी विकासकर्ता हुन् – मिरियम क्रान्ट्स्।

जीवनका सारा उर्जाशील समय कुपोषण विरुद्धको लडाइँमै खर्च गरेकी यी अमेरिकी पोषणविद्ले सर्वोत्तम पिठोको सर्वाधिकार आफूसँग सुरक्षित राखिनन्। त्यसतर्फ उनले चासै दिइनन्। उनको चासो केबल नेपाली बालबालिकालाई कुपोषणबाट जोगाउनुमा थियो।

अहिले मिरियम क्रान्ट्सकै फर्मूला प्रयोग गरेर विभिन्न कम्पनीले थरीथरी ब्रान्डका सर्वोत्तम पिठो बजारमा ल्याएका छन्। कतिपय कम्पनीले आफ्नो ब्रान्डलाई बालबालिकामाझ लोकप्रिय बनाउन नुन, चिनी र अन्य स्वादहरू पनि मिसाउने गरेका छन्।

मिरियम क्रान्ट्स्ले बनाएकी सर्वोत्तम पिठो अहिलेको बजारिया लिटोजस्तो स्वादिलो त थिएन, तर धेरै पोषिलो थियो। केही पनि नमिसाइएको सर्वोतम पिठो सागसब्जी र फलफुलसँग मिसाएर खान सकिन्थ्यो...

प्रकाशित मिति: : 2019-04-07 22:04:49

प्रतिकृया दिनुहोस्