नेपाल एयरलाइन्सको ट्विनअटर विमान लुक्ला जाने भएको छ। लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न शनिबार ५ उडान यो उडान हुन लागेको हो।
लुक्लाबाट पर्यटकहरुलाई लिन सीता एयरले पनि उडान अनुमति पाएको छ। दुई वटा ट्विनअटर जहाजले लुक्लामा ५ वटा उडान गर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ।
यसैगरी श्री एयरलाइन्सको हवाईजहाज पोखरामा रहेका पर्यटकहरु लिन जाने छ।
यसैगरी सुदूर तथा मध्यपश्चिम क्षेत्रमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज शनिबार नेपालगन्ज जाँदै छ।
स्वास्थ्य मन्त्रालयको चार्टर्डको रुपमा नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगञ्ज जानेछ। जहाजले कोरोना शंकास्पद विरामीबाट संकलन गरिएका खकारको नमूना मात्रै लिएर काठमाडौं फर्किनेछ।