काठमाडौँ – वीरगञ्जको घण्टाघरबाट झण्डै तीन–चार किलोमिटर यात्रा गरेपछि पुगिन्छ बाराको परवानीपुर बहुअरी। त्यहीँ छ सुनिता यादवको जन्मघर अर्थात माइतीघर।
चैत २० गते बुधबारको बिहान त्यहाँ पुग्दा घर चम्किलो भए पनि सुनसान थियो। आँगनमा फूलहरु मुस्कुराइरहेका थिए तर परिवारका सदस्यहरुको अनुहार ओइलाएको थियो, मलीन थियो।