अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नारा हो, अमेरिका फस्ट। उनी बोलीका पक्का रहेछन्, आखिर बनाएरै छोडे पनि । तर, के मा ? कोरोना संक्रमणमा । जगजाहेरै छ, उनले कोरोना संक्रमित संख्यामा अमेरिकालाई फस्ट बनाएरै छोडे।
विहीबार ट्रम्पको अमेरिका कोरोना भाइरस संक्रमण संख्यामा विश्वमै फस्ट भयो। यो कीर्तिमान हासिल गरेको २४ घण्टा पनि नबित्दै उसको पक्षमा अर्को फस्ट कीर्तिमान पनि बन्यो । त्यो हो, कोरोना संक्रमण संख्यामा फस्ट लखपतिको ।
यो समाचार तयार पारिरहेको बेला अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १०१,१५९ पुगेको छ । अमेरिकालाई पछ्याइरहेका इटली ८६ हजार चारसय ९८ संक्रमितसहित दोस्रो र ८१ हजार तीसनय ४० संक्रमित संख्याका साथ तेस्रो स्थानमा छन्।
अमेरिका विहीबारदेखि नै कोरोना भाइरस संक्रमणको इपिसेन्टर भएको छ। यो कुनै खुशीको दिन थिएन तर त्यही दिन ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प भनिरहेका थिए, टुडे इज फेन्टास्टिक डे।
अमेरिका विहीबारदेखि नै कोरोना भाइरस संक्रमणको इपिसेन्टर भएको छ। यो कुनै खुशीको दिन थिएन तर त्यही दिन ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प भनिरहेका थिए, टुडे इज फेन्टास्टिक डे। किनकि, कोरोना संक्रमणमा अमेरिकाले कीर्तिमान बनाएर अमेरिकी नागरिक ढलिरहेका बेला वालस्ट्रिटमा सेयर बजार उकालो लागेको थियो । मान्छेको मृत्युभन्दा सेयरको सुचांकलाई महत्व दिने ट्रम्पका लागि त्यसैले विहीबार फेन्टास्टिक दिन थियो ।
उनले अमेरिकामा संक्रमितको संख्या बढ्नुको कारण धेरै टेस्टिङ गर्नु हो भने। उनले चीनमा टेस्टिङ नै नगरिएकाले संख्या थोरै भएको पनि बताउन बिर्सेनन् । उनी यतिमा मात्र अडिएनन्. चीनले संख्या लुकाएको संगीन आरोप पनि लगाए।
उनले अमेरिकी जनता बाहिर आउन आतुर भएको बताउँदै छिटै नै अमेरिका खुल्ला गर्ने पनि बताए। उनले भने, 'इस्टर फेन्टास्टिक टाइम हो, त्यतिबेलासम्ममा अमेरिका खुल्ला भैसक्ने छ।'
विज्ञहरू भन्छन् 'ट्रम्पको अर्थतन्त्र बचाउने र त्यसैको जोडघटाउका आधारमा चुनाव जित्ने रणनीतिकै कारण अमेरिकाले कोरोनामा कीर्तिमान कायम राखेको हो।' उनले सुरूदेखि नै कोरोना संक्रमणलाई महामारीका रूपमा स्वीकार गरेर त्यसलाई सम्बोधन गर्ने रणनीति लिएका छैनन्।'