बारामा भारततर्फ निकासीको लागि लुकाई छिपाई राखेको छोकडा बरामद गरिएको छ।
प्रहरी जनशक्ति सरकारले जारी गरेकाे लकडाउनमा केन्द्रित भएको अवस्थामा भारततर्फ निकासी गर्न लागिएकाे छाेकडा विश्रामपुर गाँउपालिका २ कान्तिपुर टोलस्थित सार्वजनिक स्थानबाट बरामद गरिएको हो।
अन्दाजी ३ लाख बराबरको ३० क्विन्टल अवैध छोकडा र १२ थान साइकल बरामद गरिएको जिल्ल प्रहरी कार्यलय पर्साले जनाएको छ।
बरामद गरिएको छोकडा र साइकल मूल भन्सार कार्यालय, वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।