अन्नपूर्ण पोष्ट
धनुषाधामको मुलाबारीकी ४५ वर्षीय मरनी देवी सदा शुक्रबार बिहान सिकिस्त बिरामी भइन्। पहिलादेखि नै मुटुरोगी सदालाई ज्वरो आएर स्वास फेर्ने गाह्रो भयो।
बिरामी आमालाई छोरा कारी सदाले उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका-८ स्थित गोदावरी मोर्डन अस्पतालमा भर्ना गराए। तर, त्यहाँ चिकित्सकहरुले मरनीलाई डाइगनोशिस गर्दा कोरोना भाइरस कोभिड-१९ भनेर लेखिदिए। यस अस्पतालमा उपचार सम्भव नरहेको भन्दै ‘रेफर टु बेटर सेन्टर’ पूर्जामा लेखेर प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाए।
बिहान १० बजे कारी जेनतेन आमालाई अटोमा राखेर प्रादेशिक अस्पतालमा ल्याए। आइसियुमा भर्ना गराउन गए। तर, चिकित्सहरुले प्राइभेट अस्पतालको पूर्जा हेरेपछि बिरामी मरनीलाई आइसियुको ढोकामा समेत छिर्न दिएनन्।
आमाको स्वास्थ्य अवस्था बिग्रिदै गएको देखेपछि छोरा कारी भक्कानिदैं चिकित्सकहरुलाई गुहारे। तर, कसैले छुन समेत मानेन। उनले आमालाई अस्पतालको परिसरमा रहेको सेडमा सुताए र सहायता खोज्न चारैतिर दौडे। सोही बेला प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव आइपुगे। आमाको अवस्था देखाउँदै कारीले मेसु यादवलाई आइसियुमा भर्ना लिइदिन अनुरोध गरे। तर मेसु यादवले पनि उनलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्दै अस्पतालबाट १२ किलोमिटर टाढा नगराइन-५ गंगुलीमा हाल निर्माणाधिन क्षेत्रिय क्वारेन्टाइनमा लैजान सुझाव दिए।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया