मकवानपुरमा आइसोलेसन निर्माण गरिने भएको छ।
वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा दुई दिनमा पूरा हुनेगरी आइसोलेशन निर्माण गरिन लागेको हो ।
यसका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालय भवन चुनिएको छ।
यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, उपमहानगरपालिकाका कर्मचारी, हेटौंडा अस्पताल सबै लागिपरेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका बिरामी देखा परिहालेमा उपचार गर्नका लागि विद्यालयमा आइसोलेशन र आइसियु निर्माण गर्न लागिएको मेयर महतले बताए।