मुस्ताङमा ६८ जना विदेशी पर्यटक अलपत्र

कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले देशलाई नै लकडाउन गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमाल पारिको जिल्ला मुस्ताङ पुगेका विभिन्न २१ मुलुकका १२१ जना पर्यटकलाई दुई दिन गरि उद्धार गरि काठमाडौं पठाईएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तीन दिनको अवधिमा ती पर्यटकहरुलाई उद्धार गरि काठमाडौं पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए। अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, युक्रेन, न्युजील्याण्डलगायतका मुलुकका पर्यटकलाई बसमार्फत पोखराहुँदै काठमाडौं पठाईएको हो।

मुस्ताङमा बाकीँ रहेका अन्य पर्यटकको स्वास्थ्य जाँच भई मुस्ताङकै होटलमा राखिएको प्रजिअ अर्यालले जानकारी दिए।

‘कोरोनाको सतर्कतासँगै मुस्ताङ भित्रने सडकमा पूर्ण रूपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटकहरू यही नै अल्पत्र पर्न थालेपछि सम्बन्धित मुलुकका दूतावाससँगको समन्वयमा उनीहरूलाई उद्धार गरि पठाएका हौं’–प्रजिअ अर्यालले भने। हाल बाँकी ६८ जना पर्यटकलाई अर्को सूचना नआउन्जेल मुस्ताङमै राखिने बताए।

अलपत्र परेका पर्यटकलाई नेपाल सरकारले तत्काल उद्धार गरि आफ्नो गतव्यमा पुर्‍याउनुपर्ने सियु लज लेतेको प्रोपाईटर अमित तुलाचनले बताए। उक्त पर्यटकहरू बिच बाटोमै अलपत्र परेको तुलाचनले बताए।

प्रकाशित मिति: : 2020-03-28 03:20:53

प्रतिकृया दिनुहोस्