भक्तपुर नगरपालिकाले लकडाउनको अवधिमा दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्न तीन घण्टा तोकेको छ।
बिहान ४ बजेदेखि बिहान ७ बजेभित्र दैनिक उपभोग्य बस्तु खरिद गर्न मेयर सुनिल प्रजापतिले बिहीबार अपील जारी गरेका हुन्। साथै अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन उनले आग्रह गरेका छन्।
उनले विदेशबाट घर फर्किएकाहरुको विवरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बुझाउन, घरमै क्वारेन्टाीनमा बस्न र ज्वरो परीक्षणको रिपोर्ट इमेलमार्फत पठाउन आग्रह गरेका छन्।