जर्मनीले नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजनाका लागि चाटर्ड गरेको कतार एयरवेजको विमान काठमाडौं आइपुगेको छ। तीन सय विदेशी नागरिकलाई उक्त विमानले स्वदेश लैजाने छ। जसमा जर्मन र फ्रान्सका नागरिकहरु रहेका छन्।
लकडाउनका कारण नेपालमा रोकिएका जर्मनसहितका नागरिक लैजान विमान नेपाल आएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ। शुक्रबार र भोलि ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी ति देशले गरेका छन्।
बिहीबार आन्तरिक उडानमा प्रतिबन्ध लगाएपछि अलपत्र परेका ५८ जर्मनी नागरिकलाई काठमाडौं ल्याइएको थियो।
याे पनि
पाेखराबाट ५८ विदेशी पर्यटककाे उद्धार