मौसममा खराबीका कारण मातृभूमि कप हुने नहुने अन्यौल

उज्यालो

मौसममा खराबी आएपछि आज हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने नहुने अन्यौल भएको छ । 

कीर्तिपूरको त्रिवि मैदानमा बिहान १० बजे हुने तय भएको प्रतियोगिता बिहानैदेखि हुरीबतास र चट्याङसहित पानी पर्न थालेपछि हुने नहुने अन्यौल भएको हो । आयोजक धुर्मुस सुन्तली फाउण्डेसनले तयारी पूरा भएकाले १० बजेसम्म मौसम खुले, खेल हुने जनाएको छ । 

चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ बनाउन कलाकारको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले खेल्ने तयारी छ । 

प्रकाशित मिति: : 2019-04-06 10:38:02

प्रतिकृया दिनुहोस्