भारतमा रहेका नेपालीलाई दूतावासको पुन: आग्रह– जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस्

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई आफू बसेको ठाउँ नछाड्ने अपिल दोहोर्‍याएको छ।

दूतावासले मंगलबार एक सूचना जारी गर्दै आफू जहाँ छ, त्यही सुरक्षित साथ बस्न अपिल गरेको हो।

'भारतमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई आफू बसेको ठाउँ नछाड्न हुन पुन: अनुरोध गरिन्छ,' दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

भारतमा हाल घोषणा गरिएका लकडाउन तथा कर्फ्यू र अन्य आदेशहरूको अवज्ञा गरे स्थानीय कानूनअनुसार कारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2020-03-25 03:41:51

प्रतिकृया दिनुहोस्