अन्नपूर्ण पोष्ट
दिपेश घिमिरे
संयुक्त राज्य अमेरिकाको एउटा विशेषता हरेक बस्तीमा सामुदायिक पुस्तकालय छन्। जहाँ पढ्नका लागि गज्जबको वातावरण हुन्छ। पुस्तकालयमा बालबालिकालाई खेल्ने अनि अन्य व्यक्तिलाई पढ्ने र छलफल गर्ने छुट्टाछुट्टै कोठा हुन्छन्। समय मिलेसम्म म पुस्तकालय गइरहन्छु। त्यसैले त्यहाँ नियमित आउने धेरै व्यक्ति मेरा साथी बनेका छन्। गत हप्ता पुस्तकालयका नियमित पाठकमध्येका एक कार्लोस र मेरो कोरोना भाइरसका बारेमा छलफल चल्यो।
अमेरिकामा पनि कोरोनाका कारण मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गएपछि म अलि डराएको थिएँ। तर उनी शान्त थिए। म कोरोनाबाट बच्न आफूले के गर्ने के नगर्ने भन्ने सूचना पढ्न व्यस्त थिएँ। तर उनी त्यो तहमा चिन्तित थिएनन्। उनी भन्थे, ‘कोरोना रोकथामका लागि मेरो सरकारले काम सुरु गरिसकेको छ। सरकारले हामीलाई केही अपिल गर्यो भने त्यसलाई मान्नुपर्छ। नत्र धेरै चिन्तित हुन जरुरी छैन।’ आफ्नो सरकारले कोरोना रोकथामका लागि उपराष्ट्रपति माइक पेन्सको संयोजकत्वमा काम सुरु गरिसकेकाले समस्या ठूलो नहुनेमा उनी विश्वस्त थिए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया