अन्नपूर्ण पोष्ट
दिपेश घिमिरे
संयुक्त राज्य अमेरिकाको एउटा विशेषता हरेक बस्तीमा सामुदायिक पुस्तकालय छन्। जहाँ पढ्नका लागि गज्जबको वातावरण हुन्छ। पुस्तकालयमा बालबालिकालाई खेल्ने अनि अन्य व्यक्तिलाई पढ्ने र छलफल गर्ने छुट्टाछुट्टै कोठा हुन्छन्। समय मिलेसम्म म पुस्तकालय गइरहन्छु। त्यसैले त्यहाँ नियमित आउने धेरै व्यक्ति मेरा साथी बनेका छन्। गत हप्ता पुस्तकालयका नियमित पाठकमध्येका एक कार्लोस र मेरो कोरोना भाइरसका बारेमा छलफल चल्यो।
अमेरिकामा पनि कोरोनाका कारण मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गएपछि म अलि डराएको थिएँ। तर उनी शान्त थिए। म कोरोनाबाट बच्न आफूले के गर्ने के नगर्ने भन्ने सूचना पढ्न व्यस्त थिएँ। तर उनी त्यो तहमा चिन्तित थिएनन्। उनी भन्थे, ‘कोरोना रोकथामका लागि मेरो सरकारले काम सुरु गरिसकेको छ। सरकारले हामीलाई केही अपिल गर्यो भने त्यसलाई मान्नुपर्छ। नत्र धेरै चिन्तित हुन जरुरी छैन।’ आफ्नो सरकारले कोरोना रोकथामका लागि उपराष्ट्रपति माइक पेन्सको संयोजकत्वमा काम सुरु गरिसकेकाले समस्या ठूलो नहुनेमा उनी विश्वस्त थिए।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया