आर्यघाटमा मलामी कम गर्न पशुपति विकास कोषको अनुरोध

संसारभर फैलिएरको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले पनि उच्च सतर्कता अपनाएको छ।

यसैबीच पशुपति विकास कोषले भीड कम गराउन भन्दै मलामी संख्या घटाउन आग्रह गरेको छ।

कोषले एकपटकमा ७ जना मात्रै आर्यघाटमा प्रवेश पाउने व्यवस्था गरेसँगै मलामी संख्या घटाउन लागेको हो।

यस्तै, अर्को सूचना जारी नभएसम्म विशेष पूजा स्थगित गरेको कोषले जनाएको छ।

जल अभिषेक र बेलुकाको आरतीसमेत रोकिएको छ। दर्शनार्थीलाई दक्षिण तर्फको ढोकाबाट मात्रै प्रवेश गराउने कोषले जनाएको छ। अन्य ढोकाहरु भने बन्द रहनेछन्।

भक्तजनलाई एक पटकमा दशजनालाई मात्रै मन्दिरभित्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2020-03-23 23:34:47

प्रतिकृया दिनुहोस्