कोरोना भाइरस अर्थात कोभिड–१९को त्रासले भारतको विभिन्न स्थानबाट घर फर्कदै गरेका नेपालीहरु नेपालगञ्जकाे रुपैडिहामा अलपत्र परेका छन्। नानपारादेखि पैदल आएका उनीहरु रुपैडिहामा रोकिएका हुन्।
सात दिनका लागि सीमा बन्द गरेपछि सोमबार बिहान मात्र घर फर्किएका झण्डै ३/४ सय नेपाली रुपैडिहामा रोकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएको छ।
‘अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने बारेमा छलफल भैरहेको छ,’ उनले भने,‘ झण्डै ३ सय जना छन्,उनीहरुलाई क्वारेन्टाइनमा राख्ने सम्भव छैन।’
सीमापार रोखिएका नेपालीलाई अनुकुल समय मिलाएर ल्याइने उनले बताए। नाकामा अहिले नेपाली प्रशासनले उता रोकिएका नेपालीहरूको लागि खाना ,पानी ब्यवस्थापन गर्दै गरेको छ।