ठूला तथा तारे होटल बन्द नहुने

बिएल संवाददाता

काठमाडाै‌ं

ठूला तथा तारे होटल बन्द नहुने भएका छन्।

होटल एसोसिएसन अफ नेपाल हान र मजदुर संगठनका प्रतिनिधिबीच आइतबार भएको छलफलपछि होटल बन्द नगर्ने निर्णय गरिएकाे हो। 

बैठकमा अत्यावश्यक बाहेकका कर्मचारीलाई एक महिना बिदा दिने सहमति भएको होटल एसोसिएसनले जनाएको छ। यस्तै अहिले कर्मचारीलाई दिइएको बिदा सञ्चित बिदाबाट कटौती गर्ने र सञ्चित बिदाको समय सकिएका कर्मचारीको बिदालाई अग्रिम बिदामा समायोजन गर्ने पनि सहमति भएको छ। 

होटलमा खटिने कर्मचारी मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जाको प्रवन्धसहित काममा खटिने छन्।  हरेक १५ दिनमा समीक्षा वैठक गर्ने र आवश्यक परेमा यो निर्णय हेरफेर गर्ने पनि सहमती भएको छ।

होटल र मजदुरले कोरोनाको कारण होटल र मजदुरमा परेको असरका बारेमा सरकारलाई जानकारी गराएर राहत र सुविधाको पनि माग गर्ने भएका छन्। 

प्रकाशित मिति: : 2020-03-23 20:52:07

प्रतिकृया दिनुहोस्