जर्मनीमा दुई जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण बढ्दै गएपछि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ।

जर्मन चान्सलर एन्जेला मर्केलले संक्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।  

अब सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन्। चान्सलर मर्केलले टेलिभिजन मार्फत गरेको सम्बोधनमा भनेकी छन्, ‘भाइरसको संक्रमण कम गर्नका लागि हाम्रै बानी सबैभन्दा प्रभावकारी उपाय हो।’

नयाँ नियम लागु भएसँगै सैलुन, ब्युटिपार्लर र मसाज स्टूडियो पनि बन्द भएका छन्। अत्यावश्यक बाहेकका अरु पसलहरु यसअघि नै बन्द भएका थिए।

टेलिभिजन सम्बोधनपछिको केही समयपछि नै ६५ वर्षकी चान्सलर मर्केल पनि क्वारेन्टाइनमा बसेको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको बिबिसीले जनाएको छ।

उनलाई गएको शुक्रबार डाक्टरले निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएका थिए। चान्सलर मर्केलमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसपछि उनी क्वारेन्टाइनमा बसेकी हुन्। उनीको स्वास्थ्य र नमून हरेक दिन परीक्षण हुने र उनले केही दिन घरबाटै काम गर्ने जनाइएको छ।

जर्मनीमा अहिलेसम्म १८ हजार ६१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालसम्म जर्मनीमा कोरोनाका कारण ५५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-03-23 20:31:16

प्रतिकृया दिनुहोस्