कोरोना भाइरसको सम्भावित संक्रणबाट बचाउन नेपाल प्रहरीले उपत्यकाभित्रका विभिन्न १६ स्थानमा साबुनपानी राखेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले माछापुछ्छे बैंकसँग सहकार्य गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका बढी भिडभाड हुने स्थानमा साबुनपानी राखेको हो।
मानिसहरुको बढी भिडभाड हुने स्थान काठमाडौंको बानेश्वर, कोटेश्वर, गौशाला, भत्तपुरका विभिन्न स्थान र ललितपुरमा साबुनपानी राखिएको महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।
आइतबारदेखि राखिएकाे साबुनपानी सबै नागरिकले प्रयोग गर्न सकिने डीआईजी पोखरेलले बताए।
यसैगरी अन्य स्थानमा पनि यस्ता कार्यक्रम संचालन गर्ने तयारी भइरहेको उनले बताए।