बोस्नियामा कोरोनाका कारण पहिलो ब्यक्तिको निधन

एजेन्सी

बाेस्निया

पूर्वयुगाेस्लाभको बाल्कन राज्य बोस्नियामा कोरोना भाइरसका कारण एक बृद्धाको निधन भएको छ। उत्तरपश्चिमी शहर बिहाकस्थित अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो। उनी पहिलेदेखि अन्य रोगको उपचार गराइरहेको अस्पतालले बताएको छ। 

बास्नियाले कोरोना भाइरसको प्रकोप बढेपछि देशब्यापि रूपमा आपतकालको घोषणा गरिसकेको छ। यहाँ कोरोनाको ९० संक्रमित फेला परिसकेका छन्।  
 

प्रकाशित मिति: : 2020-03-22 22:28:10

प्रतिकृया दिनुहोस्