अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमणविरूद्ध चालेका कदमबाट ३७ प्रतिशत अमेरिकी मात्र सन्तुष्ट रहेको पाइएको छ। त्यसमध्ये १६ प्रतिशत मज्जाले सन्तुष्ट छन् भने बाँकि २१ प्रतिशत पनि सन्तोषजनक सन्तुष्ट मात्र छन्।
असन्तुष्ट हुनेमध्ये ३६ प्रतिशत त पूरै असन्तुष्ट छन् भने २४ प्रतिशत ठीकै असन्तुष्ट देखिन्छन्। २ प्रतिशतले यस बारेमा आफ्नो मत सार्वजनिक गर्नै चाहेनन् ।
कोरोना महामारीसँग जुधिरहेका अमेरिकाका ६१ प्रतिशत जनता आफ्नै राष्ट्रपतिले लिएको कदमसँग सन्तुष्ट छैनन्, झट्ट सुन्दा विश्वास गर्नै गाह्रो भए पनि यो सत्य हो । एनपीआर/पीबीएस न्युज आवर/मेरिस्ट पोल (http:// NPR/PBS NewsHour/Marist poll.) ले गरेको एक राष्ट्रव्यापी मत सर्भेक्षणबाट यस्तै परिणाम बाहिर आएको छ।
डेमोक्रेटसँग ट्रम्पलाई हराउने कुनै एजेण्डा छैन। ट्रम्पका प्रतिद्वन्दी उनका आफ्नै आचरण र व्यवहार हुन्। आगामी नोभेम्बरमा उनी तिनैसँग हार्छन्। उनी हार्दा डेमोक्रेट ह्वाइट हाउस पुग्ने मात्र हुन्।
अहिले ४६ प्रतिशत अमेरिकी मात्र ट्रम्प प्रशासनले कोरोना भाइरस संक्रमणलाई सही तरिकाले सम्बोधन गरिरहेको ठान्छन् जब कि फेब्रुअरीमा ७१ प्रतिशत अमेरिकी जनता त्यस्तो ठान्थे । यसले के देखाइरहेको छ भने अमेरिकी जनता राष्ट्रपति ट्रम्पप्रति विश्वास गर्न छोड्दैछन्, उनको प्रशासनप्रतिको विश्वास उड्दो छ। यसले आगामी नोभेम्बरको चुनावमा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने ट्रम्प सपनामा तुषारापात हुने सम्भावना बढ्दो छ।
अमेरिकी जनता ट्रम्पसँग सबैलाई साथ लिएर जाने सोच र कोण नै नभएको बताउँछन्। उनीहरू ठान्छन्, ट्रम्पसँग यो महामारीलाई सामना गरेर अघि बढ्नै तौरतरिका नै छैन। विनम्रता र शालिनताजस्ता गुणहरू अप्ठ्यारो अवस्थामा चाहिन्छन्, मानवशास्त्री प्रा. डा. रचेल बताउँछन्, 'दु:खको कुरा यी दुबै मानवीय गुण ट्रम्पसँग छैनन्।'
ट्रम्पसँग यो महामारीलाई सामना गरेर अघि बढ्नै तौरतरिका नै छैन। विनम्रता र शालिनताजस्ता गुण अप्ठ्यारो अवस्थामा चाहिन्छन्। दु:खको कुरा यी दुबै मानवीय गुण ट्रम्पसँग छैनन्।
आफ्नो राष्ट्रपतिप्रति यस्तो अविश्वसनीय वातावरणमा रहेका अमेरिकी जनता कसरी कोरोना कहरबाट बाहिर निस्कन्छन् होला ? अहिले अमेरिकी जनतासामु रहेको मिलियन्स डलर प्रश्न नै यही हो । प्राध्यापक डा. रचेल पनि यो कुरामा सहमत छन्। उनी भन्छन्, ' ट्रम्पका प्रतिद्वन्दी उनका आफ्नै आचरण र व्यवहार हुन्। आगामी नोभेम्बरमा उनी तिनैसँग हार्छन्।' उनी अगाडि थप्छन्, 'डेमोक्रेटसँग ट्रम्पलाई हराउने कुनै एजेण्डा छैन। त्यसैले उनी डेमोक्रेटसँग हार्ने हैनन्, आफैंसँग हार्ने हुन्। उनी हार्दा डेमोक्रेट ह्वाइट हाउस पुग्ने मात्र हुन्।'