सरकारी चिकित्सकले भोलिदेखि सेवा बहिस्कार गर्ने, हड्ताल निषेध गर्ने सरकारको निर्णय, ६ महिना कैदको प्रावधान

काठमाडौँ : सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट शुक्रबारदेखि सरकारी चिकित्सकहरुले अनिश्चितकालीन स्वास्थ्य सेवा बहिस्कार गर्ने भएका छन्। 

यसअघि जारी सूचनाको म्याद चैत १२ गते सकिएकाले नयाँ सूचना प्रकाशन गर्न लागिएको हो। एक पटक जारी सूचनाको म्याद ६ महिना रहन्छ। 

यो सूचनाको अवज्ञा गरी हड्ताल गरेमा ६ महिनासम्म कैद गर्न सकिने प्रावधान छ। 

प्रकाशित मिति: : 2019-04-04 21:36:05

प्रतिकृया दिनुहोस्