सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना पक्राउ परेका छन्। टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकालाई आइतबार अदालतमा उपस्थित गराइने महानगरीय प्रहरी परिसरका डीएसपी हविन्द्र बोगटीले बताए। ‘टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गेनिङ गर्ने, बढी भाडा असुल्ने गरेको पाएका छौं,’उनले भने।
सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गरेपछि काठमाडौंबाट अधिकांश विद्यार्थी र अभिभावक बाहिरिने क्रम बढेको छ। गौशाला, सुन्धारा, पुरानो बसपार्क, चाबहिल, बालाजु, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा पनि यात्रुसँग बढी भाडा लिने गरिएको उनले बताए।