अत्यावश्यक बाहेकका सरकारी सेवा घरबाटै प्रभाव गर्नू: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक बाहेकका सरकारी सेवा घरबाटै प्रभाव गर्न सकिने बताएका छन्।

शुक्रबार साँझ देशबासीका नाममा गरेको सम्बोधन गर्दै उनले घरबाटै गर्न सकिने सेवा घरबाटै गर्ने व्यवस्था मिलाइएको तर अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीले भने नियमित रुपमा कार्यालयमा गएर काम गर्नुपर्ने बताए।

यस्तै उनले कोरोनाजस्तो महामारीविरुद्ध बाँच्न सजिलो नभएकाले आफ्नो आनीबानी र सरसफाइमा ध्यान दिन आग्रह गरे।

देशवासीका नाममा विशेष सम्बोधन गर्दै उनले सकेसम्म घर बाहिर ननिस्कन र साबुन पानीले बारम्बार हात धोइरहन आग्रह गरे। यस्तै यो भाइरसबाट आतंकित नभइ उच्च सतर्कता अपनाउन पनि उनले आग्रह गरे।

यस्तै कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावबारे अर्थमन्त्रालयले सूक्ष्म तरिकाले अध्ययन गरिरहेको बताए।

प्रकाशित मिति: : 2020-03-21 08:02:15

प्रतिकृया दिनुहोस्