पवनका छोरा फाँसीका मान्छे झुण्ड्याउने पुस्तेनी पेशामा आउन चाहँदैनन्

एजेन्सी

एजेन्सी,

 निर्भया बलात्कारका चार जना दोषीलाई शुक्रबार झुण्ड्याउने पवन जल्लाद दिल्ली नजिकैको उत्तर प्रदेशमा पर्ने मेरटमा बस्छन्। उनको परिवारमा सात जना सदस्य छन्। पवनको पुस्तेनी पेशा फाँसीको सजाय तोकिएकालाई झुण्ड्याउने भएको भारतीय अखवार इन्डिया टाइम्सले जनाएको छ।

उनका हजुरबाबु लक्ष्मण र बाबु कल्लुले यही पेशा अपनाए। दुवैले भारतका कुख्यात अपराधीहरुलाई झुण्ड्याएका थिए। बाबु कल्लुले इन्दिरा गान्धीको हत्यारालाई झुण्ड्याएका थिए । झुण्ड्याउने काममा उनको पुस्तेनी इतिहास रहेको छ । त्यसैले तिहार जेलले उनकै नाम चयन गरेको थियो ।

पवनका छोरा पनि छन्। तर, उनी फाँसी दिने जागिर नखाने इच्छा देखाएनन्। उनका छोरा सरकारी जागिर खान चाहन्छन्  पुस्तेनी पेशामा नआउने सोच बनाइसकेका छन्। 

प्रकाशित मिति: : 2020-03-21 00:33:47

प्रतिकृया दिनुहोस्