केही हप्ताअघि सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु राउतको कडा आलोचना गरेका छन् ।
गएको आइतबार बेलुका अचानक आएको हावाहुरीका कारण २९ जनाको ज्यान गएको तथा हजारौँ मानिस घरबार बिहीन भएकोमा प्रभावितका लागि प्रभावकारी काम नगरेको भन्दै राउतले मुख्यमन्त्रीको आलोचना गरेका हुन् ।