नेपाल-भारत सीमावर्ती क्षेत्रमा स्वास्थ्यकर्मी सक्रिय हुन थालेका छन्। कोरोना सङ्क्रमणको प्रभावबाट देशलाई सुरक्षित राख्न हाल बन्द रहेको नेपाल-भारत नाका क्षेत्रमा दुवै देशका स्वास्थ्य विभागीय कर्मचारीहरू सक्रिय हुन थालेका हुन्।
स्वास्थकर्मीहरुले नेपालको सीमावर्ती क्षेत्रमा प्रवेश गर्ने आम नागारिकलगायत पर्यटकहरूको शारीरिक जाँच गरिरहेका छन्।
नेपाल- भारतको सीमावर्ती क्षेत्रको पशुपति फाटकमा रहेका नाकामा नेपाल सरकारको स्वास्थ्य विभाग कर्मचारीहरूले माक्स तथा पञ्जा र सुरक्षा सामग्रीहरू लगाएर मानिसहरूको उचित स्वास्थ्य जाँच गरी सुरक्षित घर फर्कने अनुमति तिनीहरूलाई प्रदान गरिरहेका छन्।
यता , कोरोना भाइरसको प्रभावले जोरबङ्गलो सुके खण्ड क्षेत्रभरि नै सतर्कता अप्नाइएको छ। खण्ड क्षेत्रको शहरी तथा ग्रामीण क्षेत्रमा रहेका शैक्षिक प्रतिष्ठानहरू बन्द छ।