धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने प्राधानाध्यापक रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महता रहेका छन्।
बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीलाई बुधबार दिउँसो पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले घटनास्थलमा मुचुल्का गरी प्रअ महतोलाई नगद र प्रमाणसहित नियन्त्रणमा लिएको र भ्रष्टाचार निवारण ऐन अनुसार उनीमाथि विषेश अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।