कोरोना आशंकामा पाँच अमेरिकी टेकु अस्पतालमा भर्ना

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात कोभिड–१९को आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ। भर्ना भएका पाँचै जना अमेरिकी नागरिक हुन्।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए। 

उनका अनुसार  उनीहरूलाई सोमबार भर्ना गरिएको थियो।

एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए।

आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको उनले बताए। 

‘उहाँको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ,’ उनले भने,‘फेरि दोस्रो परीक्षण गर्ने तयारी गर्दैछौं।’

उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए।
 

प्रकाशित मिति: : 2020-03-19 01:02:44

प्रतिकृया दिनुहोस्