अमेरिकाका ५० राज्यमै कोरोना कहर, वेस्ट भर्जिनिया पनि संक्रमित 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ। संक्रमणबाट बचेको एक मात्र राज्य वेष्ट भर्जिनियामा पनि मंगलबार कोरोना भाइरस संक्रमित पाइएपछि अमेरिकाभर कोरोना भाइरस फैलिएको पुष्टी भएको हो। 

वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मंगलबार एक प्रेस सम्मेलन आयोजना गरेर आफ्नो राज्यमा एकजना कोरोना भाइरस संक्रिमत पाइएको जानकारी दिए।

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० वटै राज्यमा मात्र हैन, अमेरिका शासित भर्जिन आइल्याण्ड र पुर्टोरिकोमा पनि कोरोना कहर देखिएको छ। संक्रमण अमेरिकाभर देखिए पनि यसले १८ राज्यका अमेरिकीको मात्र ज्यान लिएको छ। 

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० वटै राज्यमा मात्र हैन, अमेरिका शासित भर्जिन आइल्याण्ड र पुर्टोरिकोमा पनि कोरोना कहर देखिएको छ। संक्रमण अमेरिकाभर देखिए पनि यसले १८ राज्यका अमेरिकीको मात्र ज्यान लिएको छ। 

पछिल्लो आँकडाअनुसार अमेरिकामा १०० को ज्यान गएकोमा ५० जना त वासिङ्टन राज्यकै मात्र छन्। बाँकि ५० जनामा  न्युयोर्क र क्यालिफोर्नियामा समान १२-१२, फ्लोरिडामा पाँच, लुजियानामा ४, न्युजर्सीमा तीन, भर्जिनिया र इण्डियानामा र २-२ र क्लोराडो, ओरेगन, इलिनोय, केन्टकी, कान्सास, साउथ डाकोटा, साउथ कारोलाइना, नेभादा, जर्जिया र टेक्सासमा १-१ जना रहेका छन्। अमेरिकामा फेब्रुअरी २९ मा कोरोना भाइरसबाट मृत्यु हुने पहिलो विरामी वासिङ्टनको सियाटलमा पाइएको थियो । त्यसयताका १७ दिनमा एकसयभन्दा बढीले ज्यान गुमाएका छन्। सोमबार मात्र १९ जनाको ज्यान गएको थियो ।

यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या पनि बढेर ५३४९ पुगेको छ। यो संख्यामध्ये ४९ अमेरिकाबाहिर संक्रमित भएर ल्याइएका हुन् भने बाँकि सबै अमेरिकाभित्रै संक्रमित भएका हुन्। 

प्रकाशित मिति: : 2020-03-18 17:22:49

प्रतिकृया दिनुहोस्