अमेरिकामा कोरोना भाइरस प्रभावित जनतालाई राहत दिन दुई साताभित्रै घरघरमा चेक पठाउने समाचार सार्वजनिक भएको छ। केही साता यता यस्तै समाचारले बजार लिइरहेको बेला ट्रेजेरी सेक्रेटरी स्टेभेन म्नुचिनले राहत स्वरुप चेक पठाइन लागेको पुष्टि गरेका छन् ।
उनले कतिको चेक पठाउने, परिवार वा व्यक्ति केलाई आधार मान्ने, कति आम्दानी भएका सम्मलाई दिने ? त्यसबारेमा द्गुततर गतिमा गृहकार्य भैरहेको बताउँदै आउँदो दुई साता भित्रमा घरघरमा चेक पठाउन लागिएको बताए। उनले आवश्यक गृहकार्य गरेपछि त्यसबारेमा विस्तृत जानकारी दिने पनि बताएका छन्।
अमेरिकामा कोरोना प्रभावित जनतालाई तत्काल राहत दिन दुई साताभित्र घर-घरमा राहत चेक पठाइने घोषणा गरिएको छ। के, कति र कुन आधारमा चेक पठाउने?, त्यसबारेमा गृहकार्य भैरहे पनि चेक पठाउने निश्चित भएको ट्रेजेरी सेक्रेटरी स्टेभेन म्नुचिनले बताएका छन्।
उनलले यो राहत रकम राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्नका लागि वनाएको ८५० विलियन डलरको कोषवाट हुने पनि जानकारी दिएका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले यो असाधारण अवस्थामा आफ्नो प्रशासन अमेरिकी जनतालाई सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँदै अमेरिकी कंग्रेससँग मिलेर थप राहत प्याकेज घोषणा गर्न लागेको पनि बताए। उनले करदाताहरुलाई तत्कालका लागि राहतस्वरुप तत्कालै कर तिर्नु नपर्ने कानुनी प्रक्रिया मिलाउँदै गरिएको पनि जानकारी दिए।