सार्वजनिक यातायातमा कोरोनाकाे त्रास, छैन पर्याप्त तयारी

विश्वभर कोरोनाको त्रास व्याप्त छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ । कोरोनाको संक्रमण फैलिन नदिनका लागि यसबाट सतर्कता अपनाउन भनिरहेको छ । 

सरकारले भिडभाडमा नजानुका साथै सभा-सम्मेलन नगर्नसमेत अनुरोध गर्दै आइरहेको छ । तर, सरकारले सार्वजानिक सवारीसाधनमा भने कोरोना भाइसरको संक्रमणबाट बच्नका लागि समाधानका कुनै पनि तयारी थालेको छैन । 

सबैभन्दा धेरै भिडभाड हुने सार्वजनिक सवारीसाधनमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि कुनै तयारी नथाल्दा यसको जोखिम बढ्ने सम्भावना भएकोले तयारी थाल्नु ढिला भएको जानकार बताउँछन् । यात्रुहरू पनि बसमा सबैले अनिवार्य मास्क लगाएर  यात्रा गर्नुपर्ने र स्यानिटाइजरको व्यवस्था हुनपर्ने बताउँछन् । 

प्रकाशित मिति: : 2020-03-18 11:34:50

प्रतिकृया दिनुहोस्