लामखुटे र कोरोना प्रकोप न्यूनिकरणको माग गर्दै बुझाइयाे ज्ञापन पत्र

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ ले पछिल्लो समय गर्मी मौसममा बढ्दै गएको लामखुटे र कोरोना प्रकोपलाई न्यूनिकरणको माग गर्दै वीरगन्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । 

पर्सा क्षेत्र नं २ का क्षेत्रीय सभापति अरविन्द गुप्ताको नेतृत्वमा गएको टोलीले नगर प्रमुख विजय सरावगीलाई ज्ञापन पत्र बुझाउदै तत्कालै महानगरको सम्पूर्ण वडाहरुमा लामखुटेको औषधी छर्न माग गरेका हुन्। 

लामखुटेको टोकाईबाट ग्रामिण भेगका जनतामा आँखा दुख्ने, टाउको दुख्ने, चर्को ज्वरो आउने, हाडजोर्नी दुख्ने, मेनेनजाइटिस, इन्सेफलाइटिस, ब्रेन इन्फेक्शन लगायत जटिल रोग लाग्ने जोखिम रहेको हुँदा महानगरले तत्काल अभियान संचालन गर्नुपर्ने सभापति गुप्ताले बताए।

ज्ञापन पत्र बुझाउने टोलीमा क्षेत्रीय सचिव मनोज महतो, गोपालप्रसाद रौनियार,बुथ सभापति सन्जय साह,,मणि खडका,नेविसका नेता विकेश पटेल, वडा अध्यक्ष दशरथ पटेल लगायत रहेका थिए।

प्रकाशित मिति: : 2020-03-18 09:58:51

प्रतिकृया दिनुहोस्