कोरोनाको त्रास : विमानस्थलमा खटिएका प्रहरीलाई समेत छैन 'मास्क' !

गगन अर्याल

काठमाडाैं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने जहाजबाट ओर्लिने यात्रुलाई पहिला भेट्ने प्रहरी नै हो । 

लगेजलाई सुरक्षा दिएर यात्रुसमक्ष सकुशल पुर्‍यान मद्दत पनि प्रहरीले नै गरिरहेका छन् ।

विमानस्थमा खटिने कतिपय प्रहरीले मास्क लगाएको देखिँदैन, भने स्यानिटाइजर त कतै पनि छैन ।

दैनिक १८/१९ घण्टासम्म खटिने प्रहरीलाई अहिलेसम्म गतिलो मास्क व्यवस्था गरिएको छैन । कतिपय प्रहरीले समान्य मास्क त लगाएका छन्, तर त्यसले कोरोनाको संक्रमणबाट जोगाउँछ भन्ने विश्वस्त नभएको विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले बताए ।

‘यति लामो ड्यूटी गर्दा हामीलाई कसैले मास्क दिएको छैन सामान्य कपडाको मास्कले कोरोना छेक्छ र ? विमानस्थलमा कार्यरत अधिकृत तहका प्रहरी कर्मचारीले त महंगोमा मास्क किनेर ल्याउन सक्लान्, तर तल्लो दर्जाका जवानले कहाँबाट ल्याउने ?’ ती प्रहरी अधिकृतले लोकान्तरसँग गुनासो पोखे । 

विमानस्थलमा ३ सय ७ प्रहरीको दरबन्दी भएपनि अहिले ३ सय ५० प्रहरी कर्मचारी विमानस्थल प्रहरीको मतहतमा कार्यरत छन् । 

प्रकाशित मिति: : 2020-03-18 05:02:02

प्रतिकृया दिनुहोस्