पोर्चुगलमा कार्यरत ६ नेपालीमा कोरोना संक्रमण, ७४ क्वारेन्टाइनमा

रमेशराज वास्तोला

लिजवन (पोर्चुगल)

पोर्चुगलमा कार्यरत ६ नेपालीमा कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण भेटिएको छ। पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ। त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन।

टाइम २४ डट न्युज अनलाइन संस्करणका अनुसार, पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको हो।

फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन्।  ७४ नेपालीलाई क्वारेन्टाइनमा राखेपछि यहाँ बस्ने नेपालीहरु त्रसित भएका छन्।

खेतीमा काम गर्दै आएका सरोज भाटलाई अस्पतालले कोरोना संक्रमित भएको प्रमाणीत गरेपछि अरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको हो।

पोर्चुगलमा २२ हजार नेपालीहरु बसोवास गर्ने अनुमान गरिएको छ।  ५ हजारभन्दा बढी खेतीमा काम गर्दै आएका छन्। नेपालीहरु कति छन् भन्ने आधिकारीक तथ्याङ छैन। 

प्रवासमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेस्रो घटना हो। यसअघि अस्ट्रेलियामा रहेका १ र यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले यी तीनै जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-03-18 01:22:51

प्रतिकृया दिनुहोस्