पूर्वमिस नेपाल खड्गीको डिभोर्स

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वमिस नेपाल उषा खड्गीले आफू श्रीमानबाट अलग भएको बताएकी छिन्। उनले, एक टेलिभिजन कार्यक्रममा  श्रीमान जीपी तिमिल्सिनाबाट अलग भएको जानकारी गराएकी हुन्। 

उनले, आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको भन्दै अब एकसाथ अगाडि बढ्न नसक्ने बताएकी छिन्। उनले, आफ्नो गाह्रो समयमा सहयोग गर्ने फ्यान र शुभचिन्तकलाई धन्यवादसमेत भनेकी छिन्। 

यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो। यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए। तर, अहिले उषा आफैंले यसबारे मुख खोलेकी हुन्।

१७ वर्ष लामो सम्बन्धलाई उषा र जीपीले टुंग्याउने निर्णय गरेका हुन्। उनीहरुले २ वर्ष लामो प्रेम सम्बन्धमा रहेर करिब १५ वर्ष अगाडि बिहे गरेका थिए।

 सन् २००३ मा वैवाहिक जीवनमा बाँधिएका उषा र जीपीको एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: : 2020-03-16 01:20:25

प्रतिकृया दिनुहोस्