ट्रम्पमा कोरोना भाइरसको आशंका, परीक्षण गराएको खुलासा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तत: कोरोना भाइरस परीक्षण गराएको खुलासा गरेका छन्। उनले शनिबार ह्वाइट हाउसमा आयोजित प्रेस व्रिफिङमा यस्तो खुलासा गरेका हुन्। 

उनले आफूमाथि कोरोना भाइरस हुन सक्ने भन्दै प्रश्न उठेपछि आफूले त्यसको निदानका लागि शुक्रबार साँझ कोरोना भाइरस परीक्षण गराएको बताए। परीक्षणको रिपोर्ट आउन एक दुई दिन लाग्ने भएकाले अहिले नै आफूलाई कोरोना भाइरस भए/नभएको भन्न नसक्ने पनि बताए ।

उनले प्रेस ब्रिफिङ कक्षमा आफू तापक्रम नापेर पसेको बताउँदै आफ्नो तापक्रम सामान्य रहेको पनि जानकारी दिए। 

यसअघि शुक्रबार मात्र उनका फिजिसियनले राष्ट्रपति ट्रम्पलाई कुनै पनि प्रकारको परीक्षण आवश्यक नभएको जानकारी गराएका थिए। उनले राष्ट्रपति ट्रम्प कोरोना भाइरस भएका केही मानिससँग सम्पर्कमा आए पनि त्यसबाट कुनै खतरा नभएको बताएका थिए।

राष्ट्रपति ट्रम्पले शु्क्रबार साँझ कोरोना भाइरस परीक्षण गराएको बताएकाले उनका फिजिसियनले गलत सूचना दिएको पुष्टी भएको छ। 

 

प्रकाशित मिति: : 2020-03-15 13:00:36

प्रतिकृया दिनुहोस्