प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, १२ दिनपछि बालुवाटार फर्किंदै

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट शुक्रवार साँझ डिस्चार्ज हुने भएका छन्।

मिर्गौला प्रत्यारोपणपछि  डिस्चार्ज  भएका उनी प्रधानमन्त्री निवास फकिनेछन्। अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले शुक्रवार पत्रकार सम्मेलन गरी उनको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसको दुई दिन अघि उनी अस्पताल भर्ना भएका थिए। उनलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।

प्रकाशित मिति: : 2020-03-14 07:21:00

प्रतिकृया दिनुहोस्