नेपालमा गैरआवासीय परिचयपत्रका आधारमा अन-अराइभल भिसामा रोक

नेपालले गैरआवासीय नेपाली परिचयपत्रको आधारमा दिदै आएको अन-अराइभल भिसा बन्द गरिदिएको छ। यो प्रावधान मार्च १४ को राति १२ बजेदेखि अप्रिल ३० सम्म लागु हुनेछ। 

यो निर्णयबाट पहिलोपटक गैरआवासीय नेपालीले गैरआवासीय नेपाली परिचयपत्रको आधारमा नेपाल प्रवेश गर्न नपाउने भएका हुन्। नेपाल जान चाहेमा उनीहरूले आफू बसेको देश वा नजिकको देशमा रहेको नेपाली नियोगबाट भिसा लिनुपर्ने छ। तर, त्यस्तो भिसाका लागि आवेदन दिदा नेपाल पुग्नु बढीमा सात दिनअघिको स्वास्थ्य प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनुपर्ने हुन्छ। 

यसरी नेपाल गए पनि उनीहरू अनिवार्य रूपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था पनि गरिएको छ।

तर, नेपाली नागरिककै हैसियतमा नेपाली राहदानी भएकाले भने नेपाल फर्कन पाउँनेछन् । तर, उनीहरू पनि नेपाल फर्केपछि अनिवार्य रूपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

यो नयाँ व्यवस्थाअनुसार खासगरी नेपाल गैरआवासीय नेपाली परिचयपत्रको आधारमा नेपाल आतेजाते गरिरहेका विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपाली प्रभावित हुनेछन्। 

 

प्रकाशित मिति: : 2020-03-13 22:49:40

प्रतिकृया दिनुहोस्