अभिनेत्री आँचल र उदिप वैवाहिक जीवनमा बाँधिए

अभिनेत्री आँचल शर्मा बिहीबार वैवाहिक जीवनमा बाँधिएकी छिन्। एक वर्ष देखिको प्रेमलाई आँचलले प्रेमी उदिप श्रेष्ठले आज विवाहमा परिणत गरेका हुन्। विवाहको स्थान भने अहिले गोप्य राखिएको छ। 

आँचल र उदिपको विवाहमा दुबैतर्फका सिमित सदस्यको मात्र उपस्थिति रहेका छन्। फागनुको १२ गते इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि मात्रै साथीहरुलाई ब्याचलर पार्टी दिइएकी छिन्। 

आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना पनि गरेका थिए। 

मेहेन्दी समारोहमा दुबैले एक अर्काको नाम आफ्नो हातमा लेखाएका थिए। विवाह भोज भने उनीहरुले चैत्र १ मा आयोजना गर्दैछन्। 

‘नाई नभन्नु ल ४’ बाट अभिनय थालेकी अभिनेत्री आँचलको नाम लामो समय अभिनेता पल शाहसँग जोडिएको थियो। यी दुई प्रेम सम्बन्धमा रहेको भन्दै गसिप बन्थ्यो। यही वर्ष आँचलले आफ्नो प्रेमी पल नभइ उदीप रहेको प्रमाणित गरेकी थिइन्। 

उदीपसँग प्रेम सम्बन्धमा रहेको १ वर्ष पूरा हुँदा उनले प्रेमी उदीपलाई सार्वजनिक गरेकी थिइन्।

स्मरण रहाेस् २४ वर्षीया आँचल मिस प्लस टुको टाइटल पाए लगत्तै कला तथा मनोरञ्जन क्षेत्रमा सक्रिय छिन्। उनले जोनी जेन्टलम्यान, शत्रुगते, नाइँ नभन्नु ल ४ लगायत फिल्ममा अभिनय गरेकी छिन्। 

प्रकाशित मिति: : 2020-03-13 09:55:27

प्रतिकृया दिनुहोस्