साथीको जन्मदिन मनाउन गएका पूजल चन्द मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्।
गत फागुन २ गते राति भएको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका चन्दको ग्राण्डी अस्पतालमा उपचार भइरहरेको छ।
उनीसँगै मोटरसाइकलमा सवार साथीको घटनास्थलमै मृत्यु भएको छ।
छोरा दुर्घटनामा परेको खबरपछि निःशुल्क ड्राइभिङ सिकाइरहेकी मिना हतारिदै अस्पताल पुगिन्। छोराको अवस्था देखेर उनी अस्पतालमै बेहोस भइन्।
डाक्टरका अनुसार उनको करङ र खुट्टा भाँच्चिएको छ। एकरात ग्रान्डिमा राख्दा झण्डै २ लाखको बिल आएपछि पूजललाई ग्रिनसिटि अस्पतालमा सारिएको छ।
अस्पताल बसेको २७ दिन भइसक्दा पनि उनी होसमा आएका छैनन्। आईसियुमा बेहोस अवस्थामा छन्।
उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। हालसम्म उनको उपचारमा १३ लाख भन्दा बढी रकम खर्च भईसकेको छ।
यतिबेला मिनाले निःशुल्क ड्राईङड सिकाएका महिलाहरू आईसियु बाहिर बसेर उनलाई सान्तवना दिइरहेका छन्।
यसैबीच छोराको उपचारमा सहयोग गरिदिन आम मानिसलाई उनले विन्ति गरेकी छन्।
मिना चन्द ठकुरीलाई सघाउने छोरा हुन्, पुजल। गाउँमा खानलाउन दुःख भएपछि ३ वर्षको छोरा च्यापेर मिना गुल्मीको जुभुङ्ग झिरवास वडा नं–१ बाट काठमाडौं झरेकी मिनाको आड भरोषा नै बिरामी भएपछि उनी रूनु न हाँस्नुको अवस्थामा पुगेकी छन्।
उनको संघर्षको कथा सुन्दा जो कोहीलाई लाग्छ, मन दह्रो बनाउनुपर्छ, आँटियो भने के नहुने रहेछ!
काठमाडौंमा काखे छोरा च्यापेर काम खोज्ने क्रममा मिनाले पशुपतिनाथ मन्दिरको बाग्मती छेउ मान्छे पोल्ने ठाउँ नजिकैको छिडीमा ३ रात बिताएकी थिइन्।
जेनतेन ट्याम्पु चलाउन सिकेपछि मिनाले काठमाडौंको एक सरकारी विद्यालयमा छोरालाई भर्ना त गरिन् तर कपि र किताब किन्न पैसाको जोहो गर्न नसक्दा ३ वर्ष पुजलले डेरामै बस्नु पर्यो।
आमाको हरेक दुःखमा साक्षी बनेका पुजल कक्षा ७ मा पढ्दादेखि होटलमा भाडा माझ्ने काम गर्नुका साथै घरमा पेन्ट लगाउने र ज्यामी काम गरेर आमालाई सघाउँदै आएका थिए।
यो पनि हेर्नुहोस्