समीक्षाले प्रधानमन्त्रीलाई भेटेर साेधिन्– म ठीक छु, हजुरलाई कस्ताे छ?

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाले भेट गरेकी छिन्।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि समीक्षा एक सतापछि भेट गरेकी हुन्।

उनले दिउँसो तीन बजेतिर प्रधानमन्त्री ओलीलाई भेटेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘समीक्षाले प्रधानमन्त्रीज्यूलाई अहिले कस्तो छ मामा? भनेर सोधेकी थिइन्,’सल्लाहकार थापाले भने।

जवाफमा ओलीले आफू निको हुँदै गएको र मिर्गौला दान गरेकी समीक्षालाई धन्यवाद दिएका थिए।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र बुधबार आफैंले दाह्री काटेको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा भने उल्लेख्य सुधार आएको छ।
 

प्रकाशित मिति: : 2020-03-12 05:13:00

प्रतिकृया दिनुहोस्