बाँस्कोटाको घरमा बम विस्फोट गराउनेलाई कडा कारबाही गरियाेस्: नेकपा

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने समूहलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

घटनालगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै बाँस्कोटाको घरमा बम विस्फोट घटनाको घोर निन्दा एवं भत्र्सना गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘म हाम्रो पार्टीका तर्फबाट घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कार्बाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
 

प्रकाशित मिति: : 2020-03-12 00:31:16

प्रतिकृया दिनुहोस्