कांग्रेसका कार्यकर्तामाथि सांघातिक हमला

नेपाली कांग्रेसका कार्यकर्तामाथि बाँकेमा सांघातिक हमला भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुको संलग्नतामा हमला भएको घाइतेहरुले आराेप लगाएका छन्।

घटनामा तीन जना घाइते भएका छन्। उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ।

नेविसंघका लोकेश आचार्य, कमल शाही र शाहीका बुबामाथी खुकुरी प्रहार भएको हो। घटनामा संलग्नहरुको खोजी भइरहेको बताइएको छ।
 

प्रकाशित मिति: : 2020-03-11 21:12:55

प्रतिकृया दिनुहोस्