लागूऔषधका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिराभवानी गांउपालिका वडा नम्बर ३ बस्ने ४५ बर्षिय किशोरी राउत कुर्मी रहेका छन्। 

२०७६ कार्तिक २९ गतेको जिल्ला अदालत पर्साको फैसला अनुसार कुर्मीलाई ३ बर्ष ९ महिना ३१ दिन कैद जरिवाना तोकिएकोमा उनी लुकीछिपी बसेका थिए। उनलाई सोमबार साँझ घरबाटै उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनलाई आवश्यक कारवाहीको लागि  जिल्ला अदालत पठाइएको पर्सा प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-03-11 06:25:17

प्रतिकृया दिनुहोस्