हिमालयले गर्‍याे कतारका सबै उडान रद्ध, नेपाल एयरलाइन्सकाे उडान जारी

बिएल संवाददाता

काठमाडाै‌ं

हिमालय एयरलाइन्सले कतारका सबै उडान रद्ध गरेको छ। नेपालसहिति १४ देशका यात्रुलाई कतारले प्रवेश निषेध गरेपछि सबै उडान रद्ध गरेको हो।

दैनिक उडान गरिरहेको हिमालयले उडान रद्ध गरेपनि नेपाल एयरलाइन्सले भने कतार उडान जारी राखेको छ। नेपाल एयरलाइन्सले उताबाट आउने यात्रु भरिभराउ भएको भन्दै उडान जारी राखेको जनाएको छ।

त्यस्तै कतार एयरवेजले पनि उडान जारी राखेको छ। उसले ट्रान्जिटका यात्रु लिने र उताबाट आउने यात्रुबाट उडान रोक्नुपर्ने अवस्था नआएको जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2020-03-11 01:04:58

प्रतिकृया दिनुहोस्