कलाकारहरुले यसरी मनाए होली

फागु रङहरूको पर्व हो। पूर्णिमाको दिन फागु पर्व मनाइने भएपनि काठमाडौं उपत्यकामा यसको सुरूवात फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ। हरेक वर्ष फागुन पूर्णिमा आउनुअघि अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि फागु खेल्न छुट पाइन्छ।

तर पूर्णिमाको रौनक भने निकै फिक्का देखिएको छ। विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने वसन्तपुर, इन्द्रचोक, असन, पाटन दरबार, मंगलबजार र भक्तपुर दरबारलगायतका क्षेत्र यसपटक सुनसान देखिन्छ।

यसपालि कोरोना भाइरसका कारण होली खेल्नेको संख्या ह्वात्तै घटे। तथापि मानिसहरु आ–आफ्नो परिवार अनि साथीभाइसँग मिलेर होली खेलिरहेका छन्। सामाजिक सञ्जालमा होलीको रौनक केही पातलो भएपनि देखिएको छ।

कलाकारहरुले पनि होली मनाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। दीपाश्री निरौला,प्रियंका कार्की र आयुषमान देशराज जोशी, अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, झरना थापा, पूजा शर्मालगायले पनि होली खेलेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

प्रकाशित मिति: : 2020-03-10 09:18:10

प्रतिकृया दिनुहोस्