पर्सामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।
मनवादेखि उत्तर जंगलमा दाउरा लिन गएको अवस्थामा दिउँसो साढे १ बजेतिर उनलाई बाघले आक्रमण गरेको थियो। आक्रमणबाट पर्सागढी नगरपालिका– ८ हरपुरको रमौली गाउँ बस्ने ३७ बर्षकी घुघुली राम घाइते भएका छन्।
उनको अनुहारमा चोट लागेको छ। घटना भएको २ घण्टापछि प्रहरीले जानकारी पाएको थियो।
घुघुलीलाई उपचारका लागि नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक पूर्ण दहालले जानकारी दिए।