के थाहा

म नरहन सक्छु

तिमी नरहन सक्छौ

त्यसैले

तिमी जे गर्दैछौ तिम्रा लागि ठीक

म जे गर्दै छु मेरा लागि ठीक

कुरो र कुलो जता घुमायो त्यतै घुम्छ भनेझैं

घुम्न देऊ सकेसम्म मस्तिष्कका देवल पनि

पृथ्वी घुमेझैं

आआफ्नै धुन र शूरमा

घुमेकै हौंला

 जानि नजानी

हामी पनि

गुरूत्वाकर्षणको नियम

अन्जान वा रहरले

आ आफ्नै ढंगले

मानेकै हौंला

यो मन र मस्तिष्कको ठेका लिनु

नियन्त्रणामा राख्न खोज्नु

हामीजस्ताका लागि हुनजान्छ

मात्र दृष्टिभ्रम

 हामी बसेको लोकमा अझै

केही हामी जस्तै समान, असमान

केहि मिले जस्तो केहि नमिले जस्तो

मानव सभ्यतादेखी चन्द्रसुर्य रहेसम्म

रहिरहने छन् हाम्रा भावनाका मुजाहरू

 

जुन तराजूमा हामीले

कसैलाई जोख्ने दृष्टता गर्दैछौं

त्यही तराजूमा कहिले काहीं

हामी स्वयं जोखिएर हेरौं 

हामीले अथ्यार्एको भन्दा

 समयको बहावले अर्थयएको हुनेछ उत्तर

मौसम बदलेझैं 

विधाताले हामीलाई

आफ्नो घनचक्रमा लट्पटाएको दिन

हामीले आफ्नो अन्तरहृदयको मुक्ति खोजेको दिन

हाम्रे अन्तिम सत्य एउटै हुनेछ

 न तिमी  न म न अरू

बस एक शून्य जिन्दगी

प्रकाशित मिति: : 2020-03-07 22:11:01

प्रतिकृया दिनुहोस्